पोखरा महानगरले ८ अर्बभन्दा बढीको बजेट ल्याउँदै- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरा महानगरले ८ अर्बभन्दा बढीको बजेट ल्याउँदै

दीपक परियार

पोखरा — पोखरा महानगरपालिकाले शुक्रबार ८ अर्ब रुपैयाँभन्दा बढीको बजेट सार्वजनिक गर्दै छ । उपमेयर मन्जुदेवी गुरुङले दिउँसो ४ बजे पोखरा सभागृहमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । 

महानगरले बुधबार नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियो । नीति तथा कार्यक्रममा पर्यटन, पूर्वाधार तथा सहरी विकास, कृषि, शिक्षा, स्वास्थ्य, रोजगार प्रवर्द्धन, सुशासनलाई जोड दिइएको थियो ।

प्रकाशित : असार १०, २०७९ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्

७३ दिनपछि अमृताको दाहसंस्कार

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा २, जानकीनगरकी अमृता खत्री टण्डनको शव दाहसंस्कार गरिएको छ । उनको शव अस्पतालमा राखेको ७३ दिनपछि शुक्रबार बिहान तिलोत्तमाको मगरघाटमा अन्तिम संस्कार गरिएको दाजु पुष्पक खत्रीले बताए ।

उनका अनुसार रिपोर्टमा विष सेवनले भित्री अंगमा असर गरेर मृत्यु भएको देखिएको छ । अमृताका माइती पक्षले उनको हत्या गरिएको भनी दिएको जाहेरीका आधारमा श्रीमानलाई पुर्पक्षका लागि थुनामा राखिएको छ भने सासु र ससुरा २/२ लाख धरौटीमा छुटेका थिए ।

पुष्पकले भान्जाको लालनपालन तथा शिक्षाको सबै खर्च बेहोर्ने र बहिनीको नाममा १ लाख रुपैयाँको अक्षयकोष खडा गर्ने सहमतिपश्चात दाहसंस्कार बताए । '२ महिना १० दिन अस्पतालमा शव राखियो', उनले भने, 'रिपोर्ट पर्खिँदा समय लाग्यो, बहिनीको हत्या भएको पुष्टि भएन ।'

बहिनीले आत्महत्या गरेको हुनै नसक्ने भन्दै उनले विष सेवन गरेको वा गराइएको भन्ने विषय पुष्टि हुन नसकेपछि न्याय नपाइने ठानेर शव जलाउने सहमति गरिएको जनाए ।

प्रकाशित : असार १०, २०७९ ०९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×