आधाले बुझाएनन् चुनावी खर्च विवरण

गोरखा

काठमाडौँ — गत स्थानीय निर्वाचनमा उम्मेदवार बनेका आधाभन्दा बढीले अझै खर्च विवरण बुझाएका छैनन् । जिल्ला निर्वाचन कार्यालय गोरखाका अनुसार हालसम्म ४९ प्रतिशत उम्मेदवारले मात्रै चुनावी खर्चको विवरण कार्यालयमा पेस गरेका छन् । विवरण बुझाउने अन्तिम दिन आइतबारसम्म ९ सय ६२ जनाले मात्रै यस्तो विवरण बुझाएका छन् । 

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा जिल्लाभर २ हजार २२ जना उम्मेदवार थिए । ३३ जना कार्यपालिका सदस्य थपिँदा २ हजार ५५ जनाले विवरण बुझाउनुपर्ने थियो । तर विवरण बुझाउन बारम्बार ताकेता गर्दा पनि उम्मेदवारहरूले अटेरी गरिरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताए ।

कार्यपालिका सदस्य र समन्वय समिति सदस्यको भने खर्चविवरण बुझाउने म्याद बाँकी रहेको उनले बताए ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४(४) तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० मा स्थानीय तह सदस्य निर्वाचनका प्रत्येक उम्मेदवारले निर्वाचन खर्च ३० दिनभित्र बुझाउनुपर्ने व्यवस्था छ ।

प्रकाशित : असार ८, २०७९ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?