२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

पत्रकार बस्नेत पुरस्कृत 

पोखरा — पत्रकार बबिता बस्नेत पुरस्कृत भएकी छन् । उनी 'प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७८' बाट मंगलबार पुरस्कृत भएकी हुन् । 

पत्रकार बस्नेत पुरस्कृत 

स्वर्गीय दयाशंकर पालिखेको परिवारबाट स्थापित र पत्रकार महासंघ कास्कीद्वारा संचालित उक्त पुरस्कार पाउने बस्नेत पहिलो महिला पत्रकार हुन् । यसअघि २१ पत्रकारले यो पुरस्कार पाइसकेका छन् ।

पोखरामा आयोजित कार्यक्रमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १ लाख १ हजार १ सय ११ राशिसहित सम्मानपत्रले बस्नेतलाई सम्मान गरेका थिए । ३ दशकदेखि पत्रकारिता गर्दै आएकी बस्नेत घटना र विचार साप्ताहिककी सम्पादक हुन् । उनी संचारिका समूहकी पूर्वअध्यक्ष पनि हुन् ।

प्रकाशित : असार ७, २०७९ १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?