कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

म्याद सकिँदा काम २० प्रतिशत

तनहुँ — भानु नगरपालिकाको भानु मोटर मार्गअन्तर्गत चन्द्रावती–पोखरीछाप ठूलोढुंगा खण्डको कालोपत्र गर्ने सम्झौता म्याद असार मसान्तमा सकिँदै छ । १० किलोमिटर सडक कालोपत्र, नाला निर्माणलगायत काम गर्न गरिएको ठेक्काको हाल २० प्रतिशत मात्र काम सकिएको छ । 

२०४९ मा सडकको ट्र्याक खनेर यातायात सञ्चालन भएको ३ दशक बितिसक्दा पनि स्तरोन्नति भएको छैन । २०७८ माघ १५ भित्र उक्त सडक खण्डको निर्माणका लागि २०७६ कात्तिक ४ मा शंकरमाली कन्स्ट्रक्सन काठमाडौंले सम्झौता गरेको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । झन्डै २३ करोड ३ लाख रुपैयाँमा सम्झौता गरेको कार्यालयका इन्जिनियर धनमाया मिश्रले बताइन् । ‘सडक निर्माण सम्पन्न गर्ने समय अवधिभर भौतिक प्रगति १२ प्रतिशत देखिएको थियो भने ३० प्रतिशत वित्तीय प्रगति देखियो’, उनले भनिन्, ‘निर्माण सक्नुपर्ने समयसम्म काम सम्पन्न नभएकाले आगामी असार ३० सम्म म्याद थप गरिएको छ । सडक कालोपत्रलगायत संरचना निर्माणका लागि ६ महिना म्याद थपिए पनि निर्माण पक्षले कुनै काम गरेको छैन । २० प्रतिशत मात्र काम भएको छ ।’ प्रदेश सरकारअन्तर्गत रहेको उक्त सडकका लागि यस आर्थिक वर्ष ३ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

सडक निर्माणको जिम्मा लिएको शंकरमाली कन्स्ट्रक्सनले भने आफूले कामको सम्झौता लिएलगत्तै लकडाउनका कारण आवश्यक मजदुरसमेत पाउन नसक्दा काम अगाडि बढाउन नसकेको बताउँदै आएको छ । शंकरमालीले गत पुसमा दोस्रो निर्माण व्यवसायी संगम खड्कालाई उक्त निर्माणको जिम्मा दिएको छ । इन्जिनियर मिश्रका अनुसार निर्माण पक्षले पहिलो चरणमा २ करोड ६८ लाख ६४ हजार रुपैयाँ निकासा लिएको छ । पछिल्लो काम ७ सय १३ मिटर नाला खनेको र बाटो फराकिलो बनाएको गरी करिब २३ लाख रुपैयाँ कार्यालयले भुक्तानी दिन बाँकी छ ।

प्रकाशित : असार ७, २०७९ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?