कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्यास सिलिन्डर लिक भएर आगो लाग्दा एक जनाको मृत्यु

हरिराम उप्रेती

गोरखा — शहीद लखन गाउँपालिका–७ बुंकोटमा ग्यास सिलिन्डर लिक भएर आगलागी हुँदा ६९ वर्षीया केशरीमाया वस्तीको मृत्यु भएको छ । 

ग्यास सिलिन्डर लिक भएर आगो लाग्दा एक जनाको मृत्यु

आगलागीमा परेकी वस्तीको शव पूर्ण रूपमा जलेको अवस्थामा भेटिएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । वस्तीको एक तले घर पनि जलेर पूर्ण रुपमा क्षति पुगेको उनले जानकारी दिए । शुक्रबार राति घटना भए पनि स्थानीयले भने शनिबार बिहान मात्र जानकारी पाएका थिए ।


प्रकाशित : असार ४, २०७९ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?