तनहुँमा खोलामा डुबेर युवकको मृत्यु

सम्झना रसाइली

तनहुँ — माछा मार्नेक्रममा व्यास नगरपालिका–५ स्थित साँगेखोलामा डुबेर शुक्रबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–७ का १८ वर्षीय रुपेश विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

खोलामा डुबेर बेपत्ता भएका विकलाई प्रहरी र स्थानीयवासीले उद्धार गरी दमौली अस्पताल पुर्‍याएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले बताएको छ । विकसँगै माछा मार्न गएका १७ वर्षीय विशाल उचैको भने जीवितै उद्धार गरी अहिले दमौली अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३, २०७९ १७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?