३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७
प्रदेश बजेट २०७९/०८०

गण्डकीको बजेट ३५ अर्ब ९० करोड

कास्की — गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबारको बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट पेस गरेका हुन् ।

गण्डकीको बजेट ३५ अर्ब ९० करोड

अर्थमन्त्री बरालले आगामी आवको लागि बजेटको आकार बढेको बताए । उनका अनुसार चालुतर्फ १३ अर्ब २६ करोड र पुँजीगततर्फ २२ अर्ब १४ करोड बजेट रहेको छ ।

बजेट चालु आर्थिक वर्षको भन्दा करिब ६ अर्ब रुपैयाँ बढी रहेको छ । चालु आवको लागि सरकारले ३० अर्बको बजेट ल्याएको थियो । आन्तरिक खर्च हुन नसकेको रकम, आन्तरिक ऋण र आन्तरिक स्रोतबाट बजेटको आकार बढाइएको हो ।

सरकारको आफ्नो कार्यकालमा ल्याउने यो नै अन्तिम बजेट हो । बजेटले कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गण्डकीमा १२ वटा मन्त्रालय छन् ।

प्रकाशित : असार १, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?