तनहुँको बांगे रहमा डुबेर दुई जनाको मृत्यु


तनहुँ — तनहुँको भानु नगरपालिका वडा नम्बर २ र ५ को संगमस्थल बांगे रहस्थित चुँदी खोलामा माछा मार्न गएका दुई जनाको खोलामा डुबेर मृत्यु भएको छ ।


खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
मृत्यु हुनेमा भानु–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र २२ वर्षीय सागर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
दुवैको शव पोष्टमार्टमका लागि दमौली अस्पताल ल्याइएको र घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : जेष्ठ २९, २०७९ २०:०७