१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सात वर्षमा तारा एयरको दोस्रो दुर्घटना

घनश्याम खड्का

म्याग्दी — पोखरा–जोमसोम रुटमा उडान भर्ने तारा यएरको सात वर्षको अवधिमा यो दोस्रो दुर्घटना हो । चालक दलका सदस्यहरुसहित २२ जना यात्रु बोकेर जोमसोमका लागि उडेको तारा यएरको ९ एमएईटी ट्वीनअटर विमान आइतबार मुस्ताङको लेते क्षेत्रबाट सम्पर्क विहीन छ ।

सात वर्षमा तारा एयरको दोस्रो दुर्घटना

यसअघि तारा यएरको कलसाईन नाईन–एनएएचएच ट्वी नअटर विमान ०७२ फागुन १२ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दानाको काप्रेस्थित सोलीघोप्टे भीरमा दुर्घटनाग्रस्त हुँदा दुई विदेशी, दुई बालबालिकासमेत २३ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी ०७३ भदौ ३ गते १९ जना यात्रु बोकेर जोमसोमबाट पोखराका लागि उडान भर्न लागेको तारा यएरकै ९ एमईक्यू ट्वीनअटर विमान धावन मार्गमा स्पीड लिँदा पाङ्ग्रा नखुलेपछि कालीगण्डकी नदीमा खसेको थियो ।

पोखरा–जोमसोम रुटमै ०५६ सालमा पनि अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने निलगिरी हिमालको दक्षिण फेदीमा लुम्बिनी यएरको विमान दुर्घटना हुँदा चालकदलसहित १८ यात्रुको ज्यान गएको थियो ।

त्यस्तै ०६९ जेठ १ गते पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थल नजिकै पानीट्याङकी डाँडामा ठोक्किँदा २ चालक दलका सदस्य र १३ जना भारतीय पर्यटकको मृत्यु भएको थियो ।

०५९ भदौ ३ गते जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान पोखरा नजिक दुर्घटना हुँदा १८ यात्रुको मृत्यु भएको थियो ।

प्रकाशित : जेष्ठ १५, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?