१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटनामा युवती घाइते  

प्रतीक्षा काफ्ले

कास्की — स्याङ्जाको भीरकोट नगरपालिका–५ स्वरेक मैदानमा प्याराग्लाइडिङ खस्दा स्थानीय १९ वर्षीया लक्ष्मी अर्याल घाइते भएकी छन् । सिक्नेक्रममा शुक्रबार दिउँसो प्याराग्लाइडिङ खसेको थियो ।

स्याङ्जामा प्याराग्लाइडिङ दुर्घटनामा युवती घाइते  

घाइते अर्यालको उद्धार गरी उपचारका लागि प्रभु एयरको हेलिकोप्टरबाट पोखराको मेट्रोसिटी अस्पताल पठाइएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए । उनका अनुसार अर्यालको टाउको र खुट्टामा चोट लागेको छ ।

घाइते अर्यालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७९ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?