१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मेयर आचार्यको पहिलो निर्णय- पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारलाई अनुरोध गर्ने

न्युन आय भएका परिवारका बालबालिकालाई पोषणभत्ताबापत् प्रोत्साहन रकम
दीपक परियार

पोखरा — पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छन् ।  बिहीबार पदभार ग्रहण गर्दै मेयर आचार्यले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नेसहित तीन निर्णय गरेका हुन् । उनले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारबाट निर्णय गराउन मन्त्रिपरिषद्समक्ष प्रस्ताव पेस गर्नुपर्छ ।

मेयर आचार्यको पहिलो निर्णय- पोखरालाई पर्यटकीय राजधानी बनाउन सरकारलाई अनुरोध गर्ने

त्यसका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने निर्णय उनले गरेका हुन् ।

पोखराको मौलिक पहिचान झल्कने ‘पोखरा स्मारक’को थ्रीडी सहितको डिजाइन बनाई प्रस्ताव आह्वान गर्ने अर्को निर्णय उनले गरेका छन् । ‘पोखरा जाँदा के भनेर पोखरा चिन्ने ? अक्सफर्ड युनिभर्सिटीमा जाँदा त्यो युनिभर्सिटीमा आएछ भन्ने थाहा हुन्छ । अमेरिका जाँदा त्यसको आफ्नो सिम्बोल अफ अमेरिका छ, आइफिल टावर पेरिसमा छ,’ उनले भने, ‘हरेकको आफ्नो अपनत्व महसुस हुने प्रतीक छ । त्यही हिसाबले पोखरा चिनाउने प्रतीक बनाउनका लागि देशभरिका सिर्जनात्मक क्षमता भएका युवाका लागि प्रस्ताव आह्वान गरेर एक महिनाभित्र खरिद प्रक्रिया अघि बढ्छ ।’ प्रतिस्पर्धाबाट प्रतीक छनोट गरी पहिलो हुनेलाई २ लाख रुपैयाँ पुरस्कारबापत दिइने उनले बताए ।

व्यक्तिगत घटना दर्ता कार्यलाई सहज र सर्वसुलभ बनाउने र न्युन आए भएका नागरिकलाई पोषणभत्ताबापत प्रोत्साहन रकम उपलब्ध गराउने अर्को निर्णय उनले गरेका छन् । त्यसका लागि वडा समितिको सिफारिसमा आवश्यक बजेट मिलाई कार्यक्रम स्वीकृत गरी योजना पेस गर्ने निर्णय भएको छ । ‘घोषणापत्रमा न्युन आए भएका परिवारमा जन्मिएका बच्चालाई पोषण भत्ता दिने कुरा लेखेका छौं, त्यसै बमोजिम यो निर्णय लिएका हौं,’ उनले भने ।

उपमेयर मञ्जुदेवी गुरुङले अपांगता भएका बालबालिकालाई शिक्षामा समान पहुँच स्थापित गर्ने कार्यक्रम सञ्चालन गर्ने, महिला हिंसाविरुद्ध पुरुषको ऐक्यबद्धताका लागि महिला पुरुष सम–सचेतना कार्यक्रमलाई निरन्तरता एवं थप प्रभावकारी बनाउन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिन । पोखराका मेयर, उपमेयरसहित वडाध्यक्ष र सदस्यले बिहीबार नै शपथ तथा पदभार ग्रहण गरेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?