सुक्खा पहिरोले मनास्लु पदमार्ग अवरुद्ध

हरिराम उप्रेती

गोरखा — खोर्लाबेसी तातोपानीबीचको लुस्य्राङ खोलामा झरेको पहिरोले मनास्लु पदमार्ग अवरुद्ध बनेको छ । बेनिघाट, आरुघाट, लार्के सडक खण्डअन्तर्गत लुर्स्याङ खोलामा मंगलबार राति झरेको सुक्खा पहिरो करिब १० मिटर सडक ढोकेको छ । 

सुक्खा पहिरोले मनास्लु पदमार्ग अवरुद्ध

मंगलबार रातिको सुक्खा पहिरोले खच्चड र सवारी आउजाउ ठप्प बनेको स्थानीय शुसील गुरुङले जानकारी दिए । वैकल्पिक बाटो पनि नहुँदा खच्चड र पैदलयात्रु आउजाउ गर्न नसकेको उनले बताए । ‘मान्छे, खच्चड वारीको वारी; पारीको पारी छन्,’ उनले भने । उत्तरी गोरखाका खाद्यान्न ढुवानी गर्ने खच्चड पनि बिच बाटोमै रोकिएका छन् ।

उत्तरी गोरखाको लार्के जोड्ने सडकको ट्र्याक नेपाली सेनाले खोल्दै छ । ट्र्याक खुलेसँगै माछाखोलाबाट दोभानसम्म ट्याक्टर र जिप चल्न थालेका थिए । मंगलबारको पहिरोले सवारी आवागमनमा पनि ठप्प बनेको छ ।

पहिरो खुलाउन सडक निर्माण कार्यदलको नेपाली सेना लुस्य्राङ खोला पुगेको छ । बुधबार दिउँसोसम्म पदमार्ग सुरु गराउने सडक निर्माण कार्यदलका मेजर विनोद भट्टले बताए ।

प्रकाशित : जेष्ठ ११, २०७९ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?