दुर्घटनामा एक महिलाको मृत्यु- गण्डकी - कान्तिपुर समाचार

दुर्घटनामा एक महिलाको मृत्यु

सम्झना रसाइली

तनहुँ — पृथ्वीराजमार्ग अन्तर्गत जिल्लाको म्याग्दे गाउँपालिका–१ तल्लो गुणादीमा मंगलबार दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–२ की ४० वर्षीया पवित्रा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ना ४ ख ८४४५ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ग २० प ६३३६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार थापाको मृत्यु भएको हो ।

थापाको दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । अर्का एक जना घाइते सुशीर थापाको अवस्था गम्भिर रहेको र पोखरामा उपचार भइरहेको बताइएको छ । पवित्रा र सुशीर आमाछोरा हुन् ।

प्रकाशित : जेष्ठ १०, २०७९ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँको ब्यास नगरपालिकामा कांग्रेस विजयी

सम्झना रसाइली

तनहुँ — जिल्लाको ब्यास नगरपालिका प्रमुखमा कांग्रेसका बैकुण्ठ न्यौपाने निर्वाचित भएका छन् । उनले १२ हजार ७८ मत प्राप्त गरी प्रमुखमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत प्राप्त गरे ।

यस्तै, उपप्रमुखमा कांग्रेसबाट इन्दिरा दरै निर्वाचित भएकी छन् । दरैले १३ हजार ४९८ मत ल्याएकी छन् भने उनकी निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी बसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गरेकी छन् ।

२०७४ सालको निर्वाचनमा पनि ब्यासमा कांग्रेसले जित हासिल गरेको थियो र नगरप्रमुखमा न्यौपाने नै थिए ।

प्रकाशित : जेष्ठ ९, २०७९ ०६:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×