तनहुँको भानु नगरपालिकामा कांग्रेसका त्रिपाठी र गोतामे विजयी- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तनहुँको भानु नगरपालिकामा कांग्रेसका त्रिपाठी र गोतामे विजयी

सम्झना रसाइली

तनहुँ — भानु नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका आनन्दराज त्रिपाठी र उमा गोतामे निर्वाचित भएका छन् । त्रिपाठीले १२ हजार २५२ मतसहित मेयरमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रत्यासी नेकपा एमालेका सीताराम बजगाईले ९ हजार ४३ मत पाए ।

त्यस्तै, उपमेयरमा कांग्रेसका गोतामेले १० हजार ५४७ मत पाएका छन् भने उनका निकटतम प्रत्यासी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले ५ हजार ८१७ मत ल्याए ।

प्रकाशित : जेष्ठ ६, २०७९ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्

तनहुँको शुक्लागण्डकीमा कांग्रेसका पण्डित र माओवादी केन्द्रका विक विजयी

सम्झना रसाइली

तनहुँ — शुक्लगण्डकी नगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनका उम्मेद्वार बिजयी भएका छन् । मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपप्रमुखमा नेकपा माओवादी केन्द्रबाट खुमबहादुर बिक बिजयी भएका हुन् ।

मेयरमा निर्वाचित पण्डितले १२ हजार २६३ मत पाए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेबाट प्रमुखका उम्मेद्वार मुक्तिनाथ तिम्सिनाले ९ हजार ८४० मत ल्याए ।

उपमेयरमा निर्वाचित बिकले १० हजार २३२ मत ल्याए भने एमालेकी फुलमाया वाग्लेले ९ हजार ८५७ मत ल्याइन् । नगरपालिकाका १२ वटा वडामध्ये एमालेले ६, कांग्रेसले ५ र माओवादी केन्द्रले एक वटा वडामा बिजयी हासिल गरेको छ ।


प्रकाशित : जेष्ठ ४, २०७९ १९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×