कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पोखरामा मतगणनास्थलबाट दुई नक्कली प्रतिनिधि पक्राउ

दीपक परियार

पोखरा — पोखरा महानगरपालिकाको मतगणनास्थलबाट प्रहरीले दुई जना नक्कली प्रतिनिधिलाई शुक्रबार पक्राउ गरेको छ ।

पोखरामा मतगणनास्थलबाट दुई नक्कली प्रतिनिधि पक्राउ

राजनीतिक दलको गणक प्रतिनिधिको रूपमा नक्कली पास बनाएर गणनास्थल प्रवेश गर्न खोज्ने दुईजनालाई मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरबाट प्रहरीले पक्रिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुन्दर तिवारीले उनीहरूलाई वडा प्रहरी कार्यालय बैदाममा राखेर अनुसन्धान गरिरहेको बताए ।

प्रहरीले पक्राउ परेका व्यक्तिको नाम र दल भने गोप्य राखेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७९ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?