१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कास्कीको मादीमा कांग्रेसका देवीजंग र एमालेकी कल्पना विजयी

दीपक परियार

पोखरा — मादी गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट कांग्रेसका देवीजंग गुरूङ र उपाध्यक्षमा नेकपा एमालेकी कल्पना गुरुङ निर्वाचित भएका छन् । यसअघि ०७४ मा एमालेले जितेको मादी अध्यक्षमा कांग्रेसका गुरुङले नेकपा एमालेका शिवबहादुर गुरूङलाई ८३४ मतान्तरले पराजित गरेका हुन् । देवीजंगले  ६ हजार ५८४ मत ल्याउँदा शिवले ५ हजार ७५० मत प्राप्त गरे ।

कास्कीको मादीमा कांग्रेसका देवीजंग र एमालेकी कल्पना विजयी

उपाध्यक्षमा भने एमालेकी कल्पना गुरूङ निर्वाचित भएकी छन् । उनले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका लालबहादुर गरूङलाई पराजित गरिन् । कल्पनाले ५ हजार ८२८ र लालबहादुरले ५ हजार ६१६ मत प्राप्त गरे ।

मादीमा कांग्रेसले ७, एमालेले ३ र माओवादीले २ वटा वडा जितेको छ । मादीमा १८ हजार ७ सय ८२ मतदाता रहेकोमा १३ हजार ७ सय ६३ (७६.२८ प्रतिशत) मत खसेको थियो । यहाँ ०७४ को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै एमालेले जितेको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७९ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?