गलकोटको मेयरमा गैरे विजयी

प्रकाश बराल

बागलुङ — बागलुङको गलकोट नगरपालिकामा कांग्रेसका भरत शर्मा गैरे नगर प्रमुख निर्वाचित भएका छन् । गैरे दोश्रो पटक गलकोट नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

गलकोटको मेयरमा गैरे विजयी

सोमबार बिहान सम्पन्न भएको मतपरिणाम अनुसार गैरेले ५ हजार ४ सय १४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्ण काउचाले ३ हजार ५ सय १९ मत प्राप्त गरे । स्वतन्त्र उमेदवार मञ्जु शर्माले ३ हजार २ सय ६२ ल्याइन् । उनी कांग्रेसबाटै बागी उमेदवार थिइन् ।

उपप्रप्रमुखमा माओवादीका फमलाल निउरे विजयी भए । निउरेले ६ हजार ३९ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुपा बिकले ३ हजार ५७ मत पाइन् ।

उपमेयरमा स्वतन्त्र तिलक उप्रेतीले १ हजार ९ सय ८१ मत ल्याए । उप्रेती माओवादीकै बागी उमेदवार थिए ।

प्रकाशित : जेष्ठ २, २०७९ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?