पूर्वी नवलपरासीका ७ वटा पालिकामा मतगणना- गण्डकी - कान्तिपुर समाचार

पूर्वी नवलपरासीका ७ वटा पालिकामा मतगणना

नारायण शर्मा

पूर्वीनवलपरासी — पूर्वी नवलपरासीमा शनिबार बिहान २ बजेबाट मतगणना सुरु भएको छ । गैंडाकोट, कावासोती, देवचुली, मध्यविन्दु नगरपालिका बुलिंटार, हुप्सेकोट र बिनयीत्रिवेणी गाउँपालिकामा मतगणना सुरु भएको हो । निर्वाचन कार्यालकाअनुसार कावासोती नगरपालिकामा वडा नम्बर १ बाट मतगणना सुरु भएको छ । वडा नम्बर १ को मत दुई ठाउँमा गन्न सुरु भएको हो । 

त्यसैगरी विनयीत्रिवेणी गाउँपालिकाको वडा नम्बर ७ बाट मतगणना सुरु भएको निर्वाचन अधिकृत लोकहरि कँडेलले जानकारी दिए ।

बौदीकाली गाउँपालिकामा विवाद

पहाडी बौदी कालीगाउँपालिकामा कस्तो मतलाई बदर मान्ने भन्ने विषयमा विवाद भएको छ । पूर्वी नवलपरासीमा ८ वटा पालिका छन् ।


प्रकाशित : वैशाख ३१, २०७९ ०२:२५
प्रतिक्रिया
पठाउनुहोस्

मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका घले निर्वाचित

आश गुरुङ

लमजुङ — मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । यसअघि पनि उनी अध्यक्ष थिए ।

उनले ३ सय २० मत ल्याएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २ सय ७९ मत ल्याएका छन् । उपाध्यक्षमा भने कांग्रेसकी मिङमार ढोमा लामा निर्वाचित भएकी छन् । उनले ३ सय २५ मत ल्याइन्ए । प्रतिद्वन्दी एमालेकी आशकुमारी गुरुङले २ सय ७४ मत ल्याइन् ।

चामे गाउँपालिकामा २०७४ को स्थानीय तह चुनावमा पनि कांग्रेस उपाध्यक्षमा निर्वाचित भएका थिए । २०७४ को स्थानीय तहको अध्यक्षमा निर्वाचित लोकेन्द्रबहादुर घलेले फेरि ५ वर्ष चामे गाउँपालिका हुने अवसर प्राप्त गरेका हुन् । चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार औपचारिक घोषणा हुन भने बाँकी छ ।

वडाअध्यक्षतर्फ वडा ३ को अध्यक्षमा कांग्रेसका विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी एमालेका प्रेमकुमार श्रेष्ठले ५५ मत ल्याएका छन् । वडा नम्बर ४ मा कांग्रेसका लोप्साङ लामाले ८८ मत ल्याएर वडाअध्यक्षमा निर्वाचित भएका छन् । प्रतिद्वन्दी एमालेका पाल्साङ लामाले ४० मत ल्याएका छन् ।

वडा नम्बर ५ को अध्यक्षमा एमालेका कैले गुरुङ र कांग्रेसका फुर्पा छिरिङ लामाले बराबर ३०/३० भोट ल्याएका छन् । यसअघि वडा नम्बर १ मा एमालेका खड्कजंग गुरुङ र वडा नम्बर २ मा कांग्रेसका मंगलदेव गुरुङ निर्विरोध भइसकेका छन् ।

चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा ६ सय १० मत अर्थात ८५ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।

प्रकाशित : वैशाख ३१, २०७९ ०२:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×