पूर्वी नवलपरासीमा राति ९ बजेबाट मतगणना सुरु हुने- गण्डकी - कान्तिपुर समाचार

पूर्वी नवलपरासीमा राति ९ बजेबाट मतगणना सुरु हुने

नारायण शर्मा

काठमाडौँ — पूर्वी नवलपरासीको ८ वटा पालिकको मतगणना राति नौ बजेबाट सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले राति ९ बजेबाटै मतगणना गर्ने गरि तयारी भएको बताए ।

साँझ साढे ६ बजे अधिकांश वडाको मतपेटिका निर्वाचन कार्यालयमा ल्याइएको उनले जानकारी दिए । कावासोती , देबचुली , मध्यबिन्दु र गैंडाकोट नगरपालिकामा मतपेटिका ल्याउने क्रम जारी छ।

यहाँका ९२ वटा वडा मध्ये ७२ वटा वडाको मतपेटिका निर्वाचन कार्यालयमा ल्याइसकिएको छ।पूर्वी नवलपरासीमा ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । सबै स्थानमा शान्तिपूर्ण मतदान सम्पन्न भएको छ ।

प्रकाशित : वैशाख ३०, २०७९ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्

नुवाकोटमा मतपेटिका संकलन थालियो

कृष्ण थापा

नुवाकोट — शुक्रबार बिहान ७ बजेबाट ५ बजेसम्म भएको मतदानको मतपेटीका संकलन थालिएको छ । जिल्लाको १२ वटा स्थानीय तहको नगरपालिका र गाउँपालिकाका निर्वाचन अधिकृत कार्यालयसम्म मतपेटिका संकलन गरी ल्याउन थालिएको हो । म्यगङ, तारकेश्वर, ककनी, सूर्यगढीगाउँ र बेलकोटगढीनगरपालिकाका केही वडाहरु टाढा छन् ।

ती वडाहरुबाट पनि मुचुल्का गरी मतपेटिका संकलन थालिएको निर्वाचन अधिकृत कार्यालयहरुले जनाएका छन् । जिल्लामा १ सय ३२ मतदानस्थलका २ सय ८७ मतदान केन्द्रमा मतदान भएको थियो । जिल्लामा ६० देखि ६५ प्रतिशतसम्म मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नुवाकोटमा २ लाख ३७ हजार ३ सय ४३ मतदाता छन् ।


प्रकाशित : वैशाख ३०, २०७९ १९:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×