दुई दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए

हरिराम उप्रेती

गोरखा — गण्डकी गाउँपालिका–६ देविस्थानका ५२ वर्षीय लगबहादुर थापा बेपत्ता भएको दुई दिनपछि बिहीबार मृत भेटिएका छन् । थापा मंगलबार रातिदेखि हराएका थिए ।

बिहीबार दिउँसो घरबाट करिब २ किलोमिटर टाढा नाचने भीरको जंगलमा थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए ।

‘दुई दिनअघि राति खाना खाएर सुत्नुभएको रहेछ, बिहान श्रीमतिले उठेर हेर्दा नदेखेपछि हिजोदेखि खोजतलास भइरहेको थियो, आज भीरमा शव भेटियो,’ उनले भने । मृतककको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याउने तयारी गरिएको र घटनाको अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित : वैशाख २९, २०७९ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?