कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

‘बस्ती जोगाउनेलाई भोट’

कास्की — ‘वर्षायाम सुरु हुन लाग्यो । अब रातदिन त्रासमा बस्नुपर्छ । नेताहरू अहिले पनि झूटो आस देखाउँदै भोट माग्न आए,’ पोखरा महानगरपालिका–१७ की ५० वर्षीया दमन्ती मगर भन्छिन् । सोही वडाको फुस्रेखोला किनार छेउमा ढुंगा, माटाले निर्मित टिनको छाना भएका घर लस्करै देख्न सकिन्छ । उनीहरूलाई सधै एउटै चिन्ता छ, ‘जोखिम बस्ती कसरी जोगाउने ?’

‘बस्ती जोगाउनेलाई भोट’

उनले नेता प्रत्येक चुनावको बेला घरमा आउने र झुटा आश्वासन मात्र देखाउने गरेको बताइन् । ‘हाम्रा दुःख जस्ताका तस्तै छन्’ उनले भनिन, ‘समस्या पर्दा सहयोग गर्ने कोही होइनन् । हाम्रो बस्ती जोखिममा छ । बस्ती जोगाउ भनेर कसैले सोच्दैनन्, अहिले हामी गर्छौ नी भन्दै तछाडमछाड गर्दै भोट माग्न घर आउँछन् ।’ उनले जोखिम बस्ती जसले व्यवस्थापन गर्छ उसैलाई मतदान गर्ने बताइन् । ‘अव हामीले पनि वाचा गर्नुपर्छ’ उनले थपिन, ‘बस्ती जोगाउनेलाई नै हाम्रो भोट ।’ उनका अनुसार यहाँ ३२ घरधुरी छन् ।

कोचेप्रो, साघुँरो खोला, झुण्डिएको दोविल्ला बस्ती । हिउँदका दिन सुखदुःख विते पनि बर्खामा यहाँका बासिन्दा ढुक्कले रात विताउन पाउदैनन् । १७ र ३३ दुई वडा जोड्ने मोटरेबलपुल पनि उत्तिकै जोखिम छ । स्थानीयका अनुसार पुल छेउमा पटकपटक मर्मत गरिन्छ । खोलामा बाँध लगाउने भनेर सुरु गरिएको भए पनि काम ज्युँकात्युँ रहेको स्थानीय कमला मगर बताउँछिन् । उनले जोखिम बस्ती जोगाउनको लागि भोट माग्न आउने सवै पार्टीका उम्मेदवारलाई बस्ती जोगाउन अपिल गरिएको बताइन् ।

वडाध्यक्षका उम्मेदवारलाई पनि स्थानीयले लिखित पत्र बुझाएका छन् । नेपाल खानेपानी संस्थानद्धारा वितरित सरकारी मातहतको धारा बस्तीको सम्पूर्ण घरमा जडान गर्ने, बस्तीको बाटो ढलानको काम अघि बढाई छिटोछरितो कार्यान्वयन गर्ने गरी टोल विकास समितिले ७ बुँदे माग राखेको छ ।

अधिकाशं व्यक्ति पहिलेदेखिकै बस्दै आएकाले दर्ता गर्न छुट भएको भनि निस्सा प्रमाण प्रदान गरि काम कारबाही अघि बढाउन पनि माग गरिएको छ । विकास पूर्वाधारका योजना अन्य वडामा जस्तै समानरुपले प्रदान गर्ने, बस्ती नजिक रहेको सार्वजानिकस्थल संरक्षण गर्न र भावी खतराबाट मुक्त रहन त्यस क्षेत्रमा आवश्यक सामग्री तथा अपुग ग्याविन तारजाली ढुंगा उपलब्ध गराउन पनि माग गरेको छ । निर्वाचित जनप्रतिनिधिले पछिल्ला दिनमा आइपर्ने समस्यालाई सहजीकरण गर्न र जीर्ण अवस्थामा रहेका भवन घर मर्मत संभार तथा शौचालय निर्माण गर्न पनि स्थानीयले माग राखेका छन् । ‘अहिले भोलि नै सम्बोधन गर्छौं जस्तो गर्छन् नेता, चुनाव जितेपछि फर्किएर हेर्दैनन्’ स्थानीय फनि मगर भन्छन, ‘तर, पनि हामीले आफ्ना समस्या सवैलाई बताएका छौ । बर्खा लागेको छ मनमा डर उस्तै छ ।’

प्रकाशित : वैशाख २९, २०७९ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?