कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

बिरामी परेका म्यादी प्रहरीको हेलिकप्टरमार्फत उद्धार

हरिराम उप्रेती

गोरखा — मतदान केन्द्रमा खटिएका म्यादी प्रहरी बिरामी परेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

बिरामी परेका म्यादी प्रहरीको हेलिकप्टरमार्फत उद्धार

चुमनुब्री गाउँपालिका–३ सिर्दिवासस्थित पाङसिङक आधारभूत मतदान केन्द्रमा खटिएका ५१ वर्षीय बेलबहादुर घले बिरामी परेपछि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको चुमनुब्री गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमसेन श्रेष्ठले बताए ।

सोमबार बिहान पाङसिङबाट स्ट्रेचरमार्फत बोकेर सिर्दिवास स्वास्थ्य चौकी ल्याई स्वास्थ्य चेक गरिए पनि घलेको स्वास्थ्यमा सुधार नदेखिएपछि हेलिकप्टरमार्फत काठमाडौंस्थित नेपाल प्रहरी हस्पिटल पठाइएको उनले बताए ।

प्रकाशित : वैशाख २६, २०७९ १६:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?