३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बागीलाई कांग्रेसको कारबाही

गोरखा — कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध बागी उठ्ने ६ जनालाई कारबाही गरेको छ । उम्मेदवारी निष्क्रिय पार्न गरेको आग्रह अटेरी गर्नेलाई पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरिएको जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले बताए ।

बागीलाई कांग्रेसको कारबाही

बागी उम्मेदवारी दिनेलाई वैशाख १६ सम्म फिर्ता लिन र त्यसपछि पनि अटेर गर्नेलाई वैशाख २१ सम्म उम्मेदवारी निष्क्रिय पारी आधिकारिक उम्मेदवारलाई समर्थन गर्न समयसीमा तोकिएको थियो । तर, उक्त निर्देशन नमान्नेलाई ५ वर्षका लागि निष्कासन गरिएको कांग्रेसले जनाएको छ । व

डाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने आरुघाट–७ का रणबहादुर बराम, पालुङटार–४ का कृष्णप्रसाद सोडारी, पालुङटार–१० का अमर धिताल र सरस्वती भारती कारबाहीमा परेका छन् । गोरखा–४ का लालप्रसाद भट्टराई र गोरखा–६ का रंगुबावु श्रेष्ठ पनि कारबाहीमा परेका छन् । २ जनाले भने नाम फिर्ता लिइसकेका छन् ।


प्रकाशित : वैशाख २६, २०७९ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?