२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

हुप्सेकोट गाउँपालिका अध्यक्ष उम्मेदवारमाथि आक्रमण

नारायण शर्मा

पूर्वी नवलपरासी — स्थानीय तह निर्वाचनका लागि हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष उम्मेदवार बनेकी लक्ष्मी पाण्डेले आफूमाथि आक्रमण भएको बताएकी छन् । पाण्डेका अनुसार मंगलबार राति ८ बजे चुनावी अभियानबाट फर्किँदै गर्दा पाण्डेको टोलीलाई हुप्सेकोटको झयालबासमा आक्रमण भएको थियो ।

हुप्सेकोट गाउँपालिका अध्यक्ष उम्मेदवारमाथि आक्रमण

उनले आफूमाथि गौंडो कुरेर एमालेका कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएकी छन् । एमालेबाट यसअघि निर्वाचित जनप्रतिनिधिसहितका स्थानीय नेता तथा कार्यकर्तालाई उनले आक्रमणको आरोप लगाएकी छन् ।

हुप्सेकोट कांग्रेसबाट गाउँपालिकामा अध्यक्षकी उम्मेदवार लक्ष्मी पाण्डे सहितको टोलीलाई आक्रमण गरेको हो । पाण्डेका अनुसार एमालेको झण्डा बोकेर प्रचारमा आएको टोलीले नियोजितरुपमा आक्रमण गरे पाण्डेले भनिन कार्यकर्ताको घरमा ज्यान जोगाउन छिर्दापनि घर घेरेर आक्रमण गरे ।

उनीहरुले पिछा गरेको थाहा पाएपछि राति स्थानीय बिरु कुमालको घरमा छिरेको तर सोही स्थानमा पुगेर उनीहरूले आक्रमण गरेको पाण्डेको भनाइ छ । आक्रमणबाट पाण्डे चढेको गाडीमा पनि क्षति पुगेको छ ।

पाण्डेको छाती र खुट्टामा चोड लागेको छ । उनको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा अहिले उपचार भइरहेको छ । पाण्डे यसअघि पनि सोही गाउँपालिकको अध्यक्षमा निर्वाचिन जनप्रतिनिधि हुन् ।

प्रकाशित : वैशाख २१, २०७९ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?