१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

तनहुँमा चितवनबाट कुखुरा ल्याउन रोक

तनहुँ — जिल्लामा बर्डफ्लु रोग नियन्त्रणका लागि चितवनबाट कुखुरा, चल्ला, अन्डा र सुली ल्याउन रोक लगाइएको छ । बर्डफ्लु रोग नियन्त्रण समितिले यस्तो निर्णय गरेको हो ।

तनहुँमा चितवनबाट कुखुरा ल्याउन रोक

चितवनलगायत क्षेत्रमा पन्छीमा बर्डफ्लु संक्रमण देखिएकाले आवश्यक सतर्कता अप्नाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.बालकुमार श्रेष्ठले बताए । पछिल्लो समय चितवनको खैरहनी–२, भरतपुर–८ र भरतपुर–२३ मा रहेका फार्ममा बर्ड फ्लु पुष्टि भएको थियो ।

प्रकाशित : चैत्र २९, २०७८ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?