ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सम्झना रसाइली

तनहुँ — पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा बुधबार दिउँसो ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग ५ प ६०८३ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको ना ३ ख ४६९१ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका ऋषिङ गाउँपालिका–२ का १९ वर्षीय तारन थापाको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीलले नियन्त्रणमा राखेर अनुसन्धान आगडि बढाएको बताइएको छ ।

प्रकाशित : चैत्र १६, २०७८ १८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?