१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गण्डकीमा ७ अर्ब राजस्व संकलन

प्रतीक्षा काफ्ले

कास्की — गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ७ अर्ब राजस्व संकलन गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार ७ अर्ब ४६ करोड राजस्व संकलन भएको हो ।

गण्डकीमा ७ अर्ब राजस्व संकलन

जसमध्ये प्रदेश सरकारको खुद राजस्व २ अर्ब ६५ करोड र संघीय सरकारबाट प्राप्त राजश्व ४ अर्ब ६१ करोड रहेको प्रदेश लेखा नियन्त्रक केशवराज ढकालले जानकारी दिए ।

‘प्रदेश सरकारको राजस्वको दायरा अति न्युन छ’ उनले भने, ‘संघीय सरकारकै अनुदानमा निर्भर पर्नुपर्छ ।’ उनले प्रदेश सरकारका आफ्ना क्षेत्राधिकार भित्र पर्ने पनि संघीय सरकारलाई राजस्व दिनुपर्ने हुँदा राजस्व न्युन भएको बताए । गण्डकी सरकारले प्रदेशभर सबैभन्दा बढी राजस्व यातायात क्षेत्रमा संकलन गर्ने कार्यालयले जनाएको छ । ९९ करोड ५५ लाख ४३ हजार ८ सय ६० रुपैयाँ सवारी साधन करबाट प्राप्त गरेको छ । ४ करोड ६७ लाख २५ हजार ९ सय ४३ रुपैयाँ राजस्व यातायात क्षेत्रबाट प्राप्त भएको कार्यालयले जनाएको छ ।

यसैगरी, बाँडफाँटबाट प्राप्त हुने घरजग्गा रजिष्ट्रेशन वापत ५४ करोड ८६ लाख ४० हजार ३ सय २० रुपैयाँ आम्दानी भएको छ भने, सरकारी सम्पत्तिको वाहालबाट ३ लाख ५७ हजार ३ सय ५३, चालक अनुमति पत्र सवारी दर्ता किताब बिलबुक सम्बन्धी २३ करोड ५४ लाख २७ हजार ७ सय ११ रुपैयाँ आम्दानी भएको छ । प्रशासनिक दण्ड, जरिवाना र जफतबाट १ करोड ५१ लाख ५५ हजार २ सय ३३ रुपैयाँ प्रदेश सरकारले आम्दानी गरेको जनाएको छ ।

कार्यालयका अनुसार पदयात्रा शूल्क, कृषि उत्पादनको बिक्रीबाट प्राप्त रकम, अन्य सेवा तथा बिक्री, अन्य बिक्रीबाट प्राप्त रकम, परीक्षा शूल्क, शिक्षा क्षेत्रको आम्दानी, प्रशासनीक सेवा शूल्क, व्यवसाय रजिष्ट्रर दस्तुर, न्यायिक, दण्ड, जरिवाना र जफत, धरौटी, बेरुजु, निकासा र अनुदान फिर्ता लगायत आम्दानी प्रदेश सरकारको एकल आम्दानी हो ।

प्रकाशित : चैत्र १५, २०७८ १६:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?