२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घरघरमा गएर जनतालाई एमसीसीबारे बुझाऔं : पौडेल

‘एमसीसीबारे झुट्टा प्रचार गरेर देशलाई पछि पार्न खोजिँदै छ’
सम्झना रसाइली

तनहुँ — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले घरघरमा गएर जनतालाई एमसीसीको बारेमा बुझाउनुपर्ने बताएका छन् ।

घरघरमा गएर जनतालाई एमसीसीबारे बुझाऔं : पौडेल

नेपालको गरिबी अन्त्यका लागि एमसीसी परियोजना पास गरिएको भन्दै नेता पौडेलले एमसीसीको विरोध गर्नेहरू राष्ट्रघाती भएको आरोप लगाएका छन् । उनले भने, ‘एमसीसीबारे झुट्टा प्रचार गरेर देशलाई पछि पार्न खोजिँदै छ ।’

नेपाली कांग्रेसको ‘घरघर जाऔं, कांग्रेस जिताऔं’, अभियान अन्तर्गत बन्दिपुरमा मंगलबार आयोजित अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा नेता पौडेलले जनतालाई एमसीसीबारे सत्यतथ्य बुझाएर कांग्रेसले भोट माग्नुपर्ने बताएका हुन् ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) के हो र नेपालको विकासका निम्ति एमसीसी कति आवश्यक छ भन्नेबारे जनतालाई बुझाउन आवश्यक रहेको उनले बताए ।

पौड्लले भने, ‘नेपालको विकासका लागि कांग्रेसले एमसीसी पास गर्‍यो, त्यही कारणले कांग्रेसलाई भोट देऊ भनेर जनतामाझ जानुपर्छ ।’ कम्युनिस्ट दलका नेताहरूले एमसीसीबारे भ्रम फैलाएको भन्दै कांग्रेसका अन्य नेताहरूले पनि एमसीसीबारे सत्यतथ्य जनतामाझ भन्नुपर्ने प्रतिक्रिया दिने गरेका छन् ।

प्रकाशित : चैत्र ८, २०७८ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?