अस्पतालको फोहोर विद्यालयमा

कान्तिपुर संवाददाता

म्याग्दी — बेनी अस्पतालको शौचालय तथा बाथरुमबाट निक्लने फोहोर व्यवस्थापन नहुँदा सँगै जोडिएको विद्यालय प्रदूषित भएको छ ।

अस्पतालको क्यान्टिन, प्रसूति कक्ष, एक्सरे, ईसीजी, बायोमेडिकल र पुस्तकालयले प्रयोग गर्ने शौचालय तथा बाहिर राखिएको धाराबाट निक्लने फोहोर पानी सोझै तल बालमन्दिर आधारभूत विद्यालयमा खसालिएको छ ।

‘हामीले धेरै पटक फोहोर पानी झरेर विद्यालय प्रदूषित भएकोले व्यवस्थापन गर्न अस्पताललाई आग्रह गरे पनि चासो दिइएन,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर चर्मकारले भने । ‘धाराको पानी गएको रहेछ, छिटै समाधान गर्छु,’ अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले भने ।

प्रकाशित : फाल्गुन २८, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?