कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

मगर एकता दिवसमा झाँकी [तस्बिरहरू]

प्रकाश बराल

बागलुङ — ४०औं मगर दिवसका अवसरमा बागलुङमा र्‍याली निकालिएको छ । उनीहरुले मगर एकताको नारा समेत लगाएका थिए ।

मगर एकता दिवसमा झाँकी [तस्बिरहरू]

दिवसको अवसर पारेर मगर संघ बागलुङ, मगर विद्यार्थी संघ लगायतका भ्रातृ संगठन समेत र्‍यालीमा सहभागी थिए । उनीहरुले मगर समुदायमा चर्चित सालैज्यो, सोरठी जस्ता गीतसंगीत गाउने, नाच्ने, मगर समुदायबाट संचालनमा आएका पञ्चेबाजा बजाउने लगयतका प्रस्तुति दिए । मगर दिवसकै दिन बागलुङको गलकोट, बुर्तिवाङ, जैमिनीलगायतका स्थानमा पनि र्‍याली र विभिन्न कार्यक्रम भएका छन् ।


कार्यक्रममा सहभागीले मगरभाषासहितको बहुभाषिक विश्वविद्यालय स्थापनाको माग गरेका छन् । ‘सबैखोले अधिकारको संस्थागत विकास आजको आवश्यकता हो,’ मगर संघका अध्यक्ष गणेश थापाले भने, ‘आफ्नै भाषा, संस्कृतिको संरक्षणका लागि पनि दिवस मनाउने गरिएको हो ।’ दिवस मनाउन गाउँगाउँबाट युवायुवतीहरु परम्परागत पोसाकमा सजिएर आएका थिए ।


मगर दिवसकै असरमा बागलुङमा तीन दिनदेखि महिला तथा पुरुष भलिबल प्रतियोगिता पनि संचालन भएको छ । पालिकास्तरीय संचालित प्रतियोगितामा पुरुष तर्फ १५ र महिला तर्फ ६ टिमले भाग लिएका छन् ।


प्रकाशित : फाल्गुन १५, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?