कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

गठबन्धन टुटे बिचराहरू धुलोपिठो हुन्छन् : ओली

कान्तिपुर संवाददाता

पोखरा — एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन टुटेमा सबै धुलोपिठो हुने भएकाले गबठन्धन नटुट्ने बताएका छन । ‘गठबन्धन टुट्न पनि हुँदैन’ उनले भने, ‘टुटिहालेमा बिचराहरू धुलोपिठो हुन्छन् ।’

गठबन्धन टुटे बिचराहरू धुलोपिठो हुन्छन् : ओली

शुक्रबार पोखरामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । यस क्रममा उनले सरकारमा बस्नेहरूले सडकमा आफूलाई ढुंगा हान्न लगाएको पनि दाबी गरे ।

'एमसीसी ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल, तत्काल पारित गरौं भन्ने बाबुराम भट्टराई र कांग्रेसलाई ढुंगा नहान्ने तर आफूमाथि भने प्रहार हुने' भन्दै उनले प्रश्न गरेका थिए, ‘संसदमा एमसीसी टेबुल गर्ने सभामुखलाई पनि ढुंगा नहानी ताली बजाउँछन् । यो के भइरहेको छ भन्ने हामीलाई थाहा छैन र ?’

यस क्रममा उनले पुतली र मान्छेको कथा हाल्दै उनले पुष्पकमल दाहाललाई पुतली कि मान्छे भनेर छुट्टाउन नसकिएको बताए । जसलाई जतिबेला चाहियो त्यतिबेला फोरेर काम चलाउने जस्तो एमाले पैसा जम्मा गर्ने खुत्रुके नभएको उनले बताए । उनले नेता कार्यकर्तालाई आगामी स्थानीय तहको निर्वाचनमा लाग्न निर्देशन पनि दिएका थिए ।

प्रकाशित : फाल्गुन १३, २०७८ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?