कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

भूमि आयोग जिल्ला समितिका अध्यक्ष कुँवरद्वारा पदबहाली

प्रकाश बराल

बागलुङ — राष्ट्रिय भूमि आयोग जिल्ला समिति बागलुङको अध्यक्ष धर्मबहादुर कुँवरले पदबहाली गरेका छन् । हालै सरकारले कुँवरलाई अध्यक्षमा नियुक्त गरेको हो । 

भूमि आयोग जिल्ला समितिका अध्यक्ष कुँवरद्वारा पदबहाली

उनले पद बहाली गर्दै भूमिहीन दलित र सुकुम्बासीलाई निष्पक्ष भएर जग्गा उपलब्ध गराउने बताए । उनले वास्तविक पीडितलाई जग्गा उपलब्ध गराउन सबै दल र सरोकारवालाको साथ लिनेसमेत बताए ।

बागलुङमा गरिएको प्रारम्भिक अध्ययनअनुसार १ सय १० जना भूमिहीन दलित, ३ सय ९३ जना भूमिहीन सुकुम्बासी र ४ हजार ५ सय २० जना अव्यवस्थित बसोबासी रहेको तथ्यांक छ । तीमध्ये छानबिन गरेर वास्तविक तथ्यांकलाई व्यवस्थित बनाउन पहल गर्ने कुँवरले बताए ।

सरकारले गठन गरेको आयोगमा अन्य ३ जना सदस्य नियुक्त गर्न बाँकी छ । जिल्लास्थित वन, मालपोत र नापी कार्यालय प्रदेश सदस्य रहने व्यवस्था छ । वडा तहसम्मका जनप्रतिनिधि र कर्मचारी परिचालन गरेर सुकुम्बासीको खोजी गर्ने प्रावधान छ । प्रारम्भिक रुपमा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा भूमिहीनको संख्या सबैभन्दा धेरै भेटिएको छ ।

प्रकाशित : माघ २०, २०७८ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?