२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

बँदेलसहित ६ जना पक्राउ

नारायण शर्मा

पूर्वी नवलपरासी — दुईवटा गाडीमा राखिएको ७ वटा जंगली बँदेलसहित ६ जनालाई प्रहरीले कावासोतीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरीका अनुसार महेन्द्रराजमार्गको ४० किलो भन्ने स्थानमा जाँचको क्रममा ५ सय किलो बँदेलको मासुसहित २ वटा जिप र ६ जनालाई शुक्रबार नियन्त्रणमा लिइएको हो ।

बँदेलसहित ६ जना पक्राउ

चोरमाराबाट कावासोती तर्फ आउँदै गरेको ना ३ च ७१८८ र लु २ च ६८९८ नम्बरको जिपमा मृत बँदेल थियो ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ९ बस्ने हेम नारायण मुखिया थारु, प्रभु डुम, बब्लु डुम, सुमित काउचर, अनिल केवट र मुकेश राजभर रहेका छन् ।

बरामद जिप, बँदेल र पक्राउ परेको ६ जनालाई कारबाहीका लागि डिभिजन वन कार्यालय कावासोतीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।


बँदेलका वास्तविक सिकारी को हुन् भनेर अनुसन्धान सुरु गरेको वन कार्यालयको भनाइ छ । महेन्द्रराजमार्ग आसपासको जंगलमा दिनहुँ बँदेलको झुण्ड देखिने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित : माघ १५, २०७८ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?