त्रिवेणी नाकामा हेल्थ डेस्क स्थापना

नारायण शर्मा

पूर्वी नवलपरासी — भारतसँग सिमाना जोडिएको त्रिवेणी नाकामा कोरोना संक्रमणबाट जोगाउन हेल्थ डेस्क स्थापना गरिएको छ । ३ जना स्वास्थ्यकर्मी राखेर सिमाना हुँदै नेपाल-भारत आउजाउ गर्नेको स्वास्थ्य परिक्षण सुरु गरिएको हो ।

त्रिवेणी नाकामा हेल्थ डेस्क स्थापना

त्रिवेणी स्वास्थ्य चौकीका प्रमुख रघुनाथ भटराईका अनुसार मंगलबारबाट ३ जना स्वास्थ्यका कर्मचारी राखेर २४ घण्टा सेवा दिने गरी व्यवस्था मिलाइएको छ । उनीहरूले त्यहि एन्टीजेन परीक्षणसमेत गर्न सक्ने गरी व्यवस्था मिलाइएको उनले सुनाए ।

भारतसँग जोडिएको यो खुल्ला सिमानामा हेल्थ डेस्क नहुँदा संक्रमणको जोखिम थियो अब न्यूनीकरणको काम सुरु भएको छ भट्टराईले भने केहि दिनमै थप स्वास्थ्यकर्मी खटाउने प्रबन्धका लागि नगरपालिकाले ध्यान दिने छ ।

त्रिवेणी नाका भारतसँग जोडिएको गण्डकी प्रदेशकै एकमात्र नाका हो । त्यहाको गण्डक पुल किनारमा त्रिपाल टाँगेर सुरक्षाकर्मीको सहयोगमा हेल्थ डेस्क स्थापना गरिएको हो ।

सिमानामा स्वास्थ्यकर्मी खटाउन केन्द्र र प्रदेश सरकारले दक्ष जनशक्ति व्यवस्थापन गर्नु पर्ने भए पनि चासो नदिँदा समस्या भएको विनयी त्रिवेणी गाउपालिकाका अध्यक्ष डम्बर जिसीले बताए ।

प्रकाशित : माघ १२, २०७८ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?