सुस्तामा कम्बल वितरण- गण्डकी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुस्तामा कम्बल वितरण

नारायण शर्मा

पूर्वी नवलपरासी — अत्यधिक शीतलहरले कठ्यांग्रिएका सुस्ताबासीलाई एक संस्थाले कम्बल र म्याट वितरण गरेको छ । स्थानीय मुन्सी कुमारका अनुसार गैंडाकोटको सहमति संस्थाले त्यहाँका १ सय ८५ घरपरिवालाई कम्बल र म्याट (भुईंमा ओछ्याउने वस्तु) वितरण गरेको हो । 

बिहीबार सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले १ सय ८५ वटा कम्बल र ९० वटा म्याट बाँडेका हुन् । सुस्ता गाउपालिकाका वडा नम्बर २, ४ र ५ का माझी, मुसहर, बोटी र चमार परिवारलाई राहत वितरण गरिएको हो ।

ती वडाका अतिविपन्न परिवार छनोट गरेर राहत बाँडिएको सहमतिका शिव सुवेदीले टेलिफोनमा जानकारी दिए ।

नारायणी नदी पारीको (भारतसँग जोडिएको) सुस्तामा करिब ४ सय घर परिवार रहेका छन् । त्यहाँका अति विपन्न र पिछडिएका परिवार छानेर राहत बाँडिएको हो ।

प्रकाशित : माघ ६, २०७८ १७:२५
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रिय महिला हक्की प्रतियोगिता : आर्मी र गण्डकी विजयी

शंकर आचार्य

पर्सा — वीरगन्जमा जारी चौंथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताअन्तर्गत बिहीबारको पहिलो खेलमा नेपाल आर्मीले प्रदेश १ विरुद्ध ७–० गोलको फराकिलो अन्तरले जित हात पारेको छ । खेलमा आर्मीकी कमला चन्द एक्लैले ४ गोल गरेकी थिइन् । निलम पाण्डेले २ र सीतामाया बलले १ गोल गरेका थिए । 

चन्दले खेलको सातौं मिनेटमा पहिलो गोल गरेर खाता खोलेकी थिइन् । त्यसपछि १० र १८ औं मिनेटमा पाण्डेले लगातार दुई गोल गरिन् । २८ औं र ४७ औं मिनेटमा फेरि चन्दले लगातार २ गोल गरिन् । ५६ औं मिनेटमा बलले गोल गरेको २ मिनेट नबित्दै चन्दले अर्को गोल गरेकी थिइन् । आर्मीकी अन्जना चन्द ठकुरी ‘उमन अफ द म्याच’ घोषित भइन् । जितसँगै आर्मी सेमीफाइनलमा प्रवेश गरेको छ ।

दोस्रो खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई २–० ले पराजित गरेको छ । गण्डकीका लागि खेलको सातौं मिनेटमा कमलादेवी घर्ती पुनले र नवौं मिनेटमा नानु गुरुङले गोल गरेका थिए । गण्डकीकी सविना पुन राना ‘उमन अफ द म्याच’ घोषित भइन् । जितसँगै गण्डकी पनि सेमीफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार लिग चरणका सम्पूर्ण खेल सकिएको छ ।

शुक्रबार पहिलो सेमीफाइनल खेल नेपाल आर्मी र गण्डकी प्रदेश तथा दोस्रो सेमीफाइनल खेल सुदूरपश्चिम र मधेस प्रदेश टीमबीच हुने सहआयोजक सानो पाइला संस्थाका कार्यक्रम प्रमुख रौनकराज सर्राफले जानकारी दिए ।

प्रकाशित : माघ ६, २०७८ १७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×