१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कर्मचारीमा संक्रमणले गैंडाकोट नगरपालिकाको सेवा प्रभावित

नारायण शर्मा

पूर्वी नवलपरासी — कर्मचारीमा कोरोना संक्रमण देखिएपछि गैंडाकोट नगरपालिकाको दुई शाखाको काम एक साताका लागि बन्द गरिएको छ । 

कर्मचारीमा संक्रमणले गैंडाकोट नगरपालिकाको सेवा प्रभावित

स्वास्थ्य शाखा प्रमुख झलक शर्माका अनुसार घरजग्गा नक्सापास, अभिलेख र स्वास्थ्य शाखाका ८ जना कर्मचारीमा संक्रमण पुष्टि भएको छ । घरजग्गाको नक्सापास र अभिलेख शाखाको काम एक साताका लागि बन्द गरिएको बिहीबार नगरपालिकाले सूचनामार्फत जानकारी दिएको हो ।

नगरपालिकामा एक सय ६ कर्मचारी छन् ।

प्रकाशित : माघ ६, २०७८ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?