बागलुङमा लगाउन थालियो बुस्टर डोज

प्रकाश बराल

बागलुङ — बागलुङमा बुस्टर खोप मात्रा दिन थालिएको छ । कोभिसिल्ड र भेरोसेल खोपको दोश्रो मात्रा लगाएको ६ महिना पूरा भएकालाई बुस्टर खोप मात्रा दिन थालिएको बागलुङ नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।

बागलुङमा लगाउन थालियो बुस्टर डोज

यहाँ आइतबारदेखि बुस्टर खोप मात्रा लगाउन सुरु गरिएको हो । नगरपालिकाले थालेको अभियानमा खोप लगाउनका लागि टाढादेखि मानिसहरू हिँडेर आउन थालेका छन् ।

बागलुङका लागि ५ हजार बुस्टर डोज आएकाले पालो मिलाएर खोप लगाउने तयारी भएको खनालले जानकारी दिए ।

पहिलो चरणमा कर्मचारी र जनप्रतिनिधि, दोश्रो चरणमा स्वास्थ्यकर्मी र पत्रकार तथा त्यसपछि मापदण्ड पूरा भएका क्षेत्रमा क्रमश: बुस्टर खोप मात्रा लगाइने उनले बताए । अत्यावश्यक सेवामा लागेका तथा जोखिमको क्षेत्रमा काम गर्नेलाई प्राथमिकता दिएर उक्त खोप लगाइएको उनको भनाइ छ । त्यसबाहेक नियमित खोप अभियान, कोरोना परीक्षणका काम भने भइरहेका छन् ।

प्रकाशित : माघ ३, २०७८ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?