कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तनहुँ जिप दुर्घटना : दुई दिनपछि मृतकका आफन्तले बुझे शव

रासस

तनहुँ — शुक्रबार राति करिब ८ बजेको समयमा जिप दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये आइतबार साँझ चार जनाको शव आफन्तले बुझेका छन् । पीडित पक्ष, पीडक र प्रशासन प्रहरीबीच भएको त्रिपक्षीय छलफलमा सहमति जुटेपछि आफन्तजनले शव बुझेका हुन् ।

तनहुँ जिप दुर्घटना : दुई दिनपछि मृतकका आफन्तले बुझे शव

मृतकका परिवारलाई बीमाबापतको ५ लाख रुपैयाँका दरले क्षतिपूर्ति दिने र घाइतेको जिपका धनीले उपचार खर्च बेहोर्ने सम्झौता भएको हो । मृतकका परिवारलाई काजकिरीयाबापत ५० हजार रुपैयाँका दरले आजै प्रदान गरी बाँकी चार लाख ५० हजार रुपैयाँ २५ दिनभित्र बुझाउने सहमतिअनुरुप आफन्तजनले शव बुझेका हुन् ।

बन्दीपुर–६ का ५३ वर्षीय हरि न्यौपाने र ४८ वर्षीया सुशीलादेवी न्यौपानेबाहेकको शव आफन्तले बुझेको सामाजिक अभियानकर्मी सिद्धान्त थापामगरले जानकारी दिए । मृतक न्यौपानेद्वय श्रीमान्–श्रीमती हुन् । निजका छोरा रोजगारीको सिलसिलामा विदेशमा रहेकाले छोरा आएपछि शव बुझ्ने बताइएको छ ।

दुर्घटनामा परी मृत्यु भएका सोही स्थानका २४ वर्षीय रोशन गुरुङ, नौ महिनाकी आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया बिमाया गुरुङको आइतबार परिवारले शव बुझी लगेका छन् । साराङघाटबाट बन्दीपुरतर्फ जाँदै गरेको ग१ज ६५५५ नंको जिप बन्दीपुर–६ धरमपानीमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको थियो भने सात सख्त घाइते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका अन्य आठमध्ये दुई जना डिस्चार्च भई घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । अन्यको भरतपुर शिक्षण अस्पताल चितवनमा उपचार भइरहेको उनले बताए ।

प्रकाशित : माघ २, २०७८ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?