२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

कर्मचारीमा संक्रमणपछि पीसीआर परीक्षण बन्द 

नारायण शर्मा

पूर्वी नवलपरासी — कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा रहेको एक मात्र पीसीआर प्रयोगशाला दुई दिनदेखि बन्द छ । प्रयोगशालामा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि प्रयोगशाला बन्द गरिएको हो । जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार पीसीआर परीक्षण बन्द भए पनि एन्टिजेन परीक्षण भने रोकिएको छैन ।

कर्मचारीमा संक्रमणपछि पीसीआर परीक्षण बन्द 

प्रयोगशाला संचालनका लागि प्रदेश स्वास्थ्य मन्त्रालयबाट दक्ष कर्मचारी मगाइएको र पठाउने प्रक्रियामा रहेको सुवेदीले जाकारी दिए ।

अस्पतालले सूचना जारी गरेर सामान्य अवस्थाका बिरामीहरूलाई नआउन आग्रह गरेको सुवेदीले बताए । पीसीआर ल्याबमा कार्यरत कर्मचारी करारमा राखिएको र उनीहरुको पुस मसान्तमा म्याद सकिएको छ ।

प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिनभित्र कर्मचारी खटाउने जनाएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा दैनिक २ सय ५० जनासम्मको परीक्षण गर्न सकिन्छ । जिल्लाभरीका कोरोना संक्रमतिको पीसीआर र एन्टीजेन परीक्षण जिल्ला अस्पतालबाहेक अन्यत्र हुँदैन । अपर्झट परीक्षण गराउनेहरु चितवनका अस्पताल पुग्नुपर्ने बाध्यता छ ।

प्रकाशित : माघ २, २०७८ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?