कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

जंगली हात्तीको आक्रमणबाट सेनाको मृत्यु

नारायण शर्मा

पूर्वी नवलपरासी — हात्तीको आक्रमणबाट चितवन राष्ट्रिय निकु ञ्जमा गस्तीमा रहेका एक सैनिकको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टर अमलटारीका अनुसार शनिबार राति कसराको ध्रुवे पोस्ट नजिकै जंगली हात्तिले ढाडमा कुल्चिँदा सेनाका एक अमलदारको मृत्यु भएको हो ।

रात्रि गस्तीमा निस्केको सेनाको टोलीमा रहेका खडक दल गणका एक अमलदारको मृत्यु भएको हो । कसराबाट माडी जाने बाटोतर्फ गस्तीमा रहेका बेला नजिकै रहेको जंगली हात्तीले ती अमलदारको ढाडमा टेकेको र गम्भीर घाइते भएका उनको उपचारका लागि भरततर्फ लैजाँदै गर्दा मृत्यु भएको हो ।

मृतकको नाम बताउन नमिल्ने सैनिक स्रोतले जानकारी दियो । निकुञ्जमा वन्यजन्तु संरक्षण र चोरी शिकारी नियन्त्रणका लागि सेनाले जिम्मेवारी लिँदै आएको छ ।

प्रकाशित : माघ २, २०७८ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?