पूर्वी नवलपरासीका सीडीओलाई कोरोना संक्रमण- गण्डकी - कान्तिपुर समाचार

पूर्वी नवलपरासीका सीडीओलाई कोरोना संक्रमण

कान्तिपुर संवाददाता

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

६ दिनअघि यहाँ कार्यभार सम्हाल्न आएका प्रमख जिल्ला अधिकारीले शुक्रबार पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । शुक्रबार बिहान ११ बजे उनले आफ्नै कार्यकक्षमा जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका थिए । 'सञ्चारकर्मीहरुसँग भेटभाटपछि पीसीआर परीक्षण गराउन जिल्ला अस्पताल गएको थिएँ । अहिले प्राप्त रिपोर्टमा कोरानो संक्रमण पुष्टि भयो,' उनले भने, 'सबै साथी सुरक्षित बसिदिनु होला ।'

जिल्ला आएदेखि नै उनी विभिन्न संघसंस्था, राजनीतिक दलका नेता कार्यकर्तासँग भेटघाट गर्दै आएका थिए । उनले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र तोकिएका खोप केन्द्रमा गएर खोप लगाउन सर्वसाधारणसँग अपिल गरेका छन् ।

प्रकाशित : माघ १, २०७८ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्

माघ २ गतेदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने

माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने र माघ १४ गतेदेखि ६० वर्षमाथिका र खोपको पूर्ण मात्रा लगाएको ६ महिना भएकालाई बुस्टर मात्रा दिइने
कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले माघको पहिलो हप्तादेखि कोरोना भाइरसविरुद्धको बुस्टर मात्रा खोप दिने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पुस २८ गते माघको पहिलो हप्तादेखि बुस्टर मात्रा दिने मन्त्रीस्तरीय निर्णय भएको हो ।

स्वास्थ्य मन्त्रालयले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यलयलाई पत्र लेख्दै बुस्टर मात्राको खोप लगाउन निर्देशन दिएको छ । माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्ति र माघको १४ गतेदेखि ६० वर्षमाथि र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई बुस्टर मात्राको खोप दिइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । बुस्टर मात्रामा पहिले लगाएकै खोप दिइने पनि मन्त्रालयले जानकारी दिएको छ ।

सरकारले अहिलेसम्म २ करोड ७४ लाख ७५ हजार ९ सय ९५ मात्रा खोप लगाइसकेको छ । त्यसमध्ये कम्तीमा एक मात्रा लगाउनेको संख्या १ करोड ५६ लाख ६ हजार २१ र पूर्ण मात्रा लगाउनेको संख्या १ करोढ १८ लाख ६९ हजार ९ सय ७४ रहेको मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म विभिन्न मुलुकबाट खरिद गरिएको र सहयोगस्वरूप प्राप्त गरी नेपालमा कुल ४ करोड ३ लाख ८८ हजार ८ सय ४० मात्रा खोप प्राप्त भएको छ ।

प्रकाशित : माघ १, २०७८ ०७:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×