१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

त्रिवेणीधाम मेला सुनसान

पूर्वी नवलपरासी — माघे संक्रान्तिका अवसरमा नवलपरासीको त्रिवेणीधाममा लाग्ने मेला यो वर्ष सुनसान छ । माघे संक्रान्तिभन्दा तीन दिन अगावैबाट नेपाल–भारतका हजारौं भक्तजन आउने त्रिवेणीधाममा यसपटक कोरोना संक्रमणको त्रासले कोही पनि आएका छैनन् ।

त्रिवेणीधाम मेला सुनसान

माघे संक्रान्तिभन्दा तीन दिनअघिबाट मेला लाग्नेमा यसपल्ट संक्रान्तिको अघिल्लो दिन शुक्रबारसम्म पनि सुनसान छ । बढ्दो कोरोना संक्रमणको त्रासले भक्तजन नआएको ठम्याइ छ ।

स्वर्णभद्रा, पूर्णभद्रा र नारायणी नदीको संगम स्थल त्रिवेणीधामा माघेसंक्रान्ति र माघे औंसीमा धुमधाम मेला लाग्ने गर्छ । महेन्द्रराजमार्गको बर्दघाट बजारबाट २९ किलोमिटर दक्षिणपूर्व रहेको त्रिवेणीधाम भारतीय भक्तजनको पनि उत्तिकै आकर्षण रहेको स्थल हो । यहाँ ऐतिहासिक कालका दर्जनौं मठमन्दिर रहेका छन् ।

नारायणी नदीको किनारमा रहेको त्रिवेणीधामा स्नान गरेर दान गर्नाले पुण्य मिल्ने जनविश्वास रहिआएको छ । यहाँका मठमन्दिरमा नजिक तीर्थालुहरु आएर बसे पनि मुख्य घाट र मन्दिरहरु सुनसान छन् ।


प्रकाशित : पुस ३०, २०७८ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?