कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

देवघाटमा माघे संक्रान्ति मेला सुरु

सम्झना रसाइली

तनहुँ — जिल्लाको देवघाटमा रहेको पवित्र तीर्थस्थल देवघाटधामस्थित बेनीमा शुक्रबार बिहान बाँसको लिङ्गो गाडेर माघे संक्रान्ति मेलाको शुभारम्भ गरिएको छ ।

देवघाटमा माघे संक्रान्ति मेला सुरु

गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरिसहित सन्त-महन्त, बटुक लगायत स्थानीयको उपस्थितिमा बाँसको लिंगो ठड्याएर मेलाको शुभारम्भ गरिएको हो ।

देवघाटधामको बेनीमा बाँसको लिङ्गो गाडेसँगै तनहुँ, चितवन र नवलपरासीको संगमस्थल देवघाटमा माघे संक्रान्ति मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए । उनले भने, ‘बाँसको लिङ्गो गाड्नुअघि गलेश्वर आश्रममा भेला भएर विधिवत्रुपमा लिङ्गोसहित शोभायात्रा बेनीमा पुगेको थियो ।’

‘देवघाटमा विधिवत्रुपमा माघे संक्रान्ति मेलाको शुभारम्भ गरिए पनि बाहिरबाट आउने भक्तजनलाई भने प्रवेशमा रोक लगाइएको छ’, उनले भने, ‘कोरोना भाइरस संक्रमणको बढ्दो जोखिमका कारण कल्पबासमा बस्ने वृद्धवृद्धा र देवघाटका बासिन्दा बाहेक अन्यलाई प्रवेशमा रोक लगाइएको हो ।’

कोरोना संक्रमण फैलन नदिन देवघाट प्रवेश गर्ने नाकाहरू सील
यस्तै, शुक्रबार दिउँसो २ बजेबाट शनिबार दिउँसो २ बजेसम्म देवघाट क्षेत्र प्रवेश गर्ने सबै नाका सील गरी प्रवेशमा रोक लगाइएको देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए । उनले भने, ‘बिरामी भेटघाट बाहेक तीर्थमा आउनेका लागि पूर्णरुपमा रोक लगाइएको छ ।’

गत वर्षहरूमा संक्रान्तिको अघिल्लो रात धाममा भक्तजन दीपप्रज्वलन गरी भजनकीर्तनमा सरिक हुने भएको भए पनि कोरोनाका कारण यस वर्ष ती सबै कार्यक्रम स्थगित गरिएको अध्यक्ष थापाले बताए ।

माघे संक्रान्ति मेलाको शुभारम्भका लागि पवित्र तीर्थस्थल देवघाटधामको बेनीमा बाँसको लिङ्गो गाडिँदै । फाइल तस्बिर : कान्तिपुर

प्रकाशित : पुस ३०, २०७८ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?