कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नौ कर्मचारीमा कोरोना, नापी कार्यालय बन्द

पूर्वी नवलपरासी — नापी कार्यालय कावासोतीका ९ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द भएको छ । त्यहाँ कार्यरत १२ कर्मचारीमध्ये ९ जनालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार बिहान १० बजेबाट कार्यालय बन्द गरेर २ कर्मचारीले कार्यालय कुरेका छन् ।

नौ कर्मचारीमा कोरोना, नापी कार्यालय बन्द

नापी अधिकृत भोला कोहारका अनुसार १२ कर्मचारीमध्ये एकैपल्ट ९ जनामा कारोना संक्रमण पुष्टि भएपछि कार्यालय सञ्चालन हुन सक्ने अवस्था रहेन । ‘बन्द गरेर सतर्कता अपनाएका छौं,’ उनले भने, ‘बन्द नगरे सेवाग्राही सबैलाई सर्छ ।’ बाँकी कर्मचारीको परीक्षणका लागि नमुना पठाइएको छ ।

बिहीबार प्रहरी उपरीक्षक प्रकाश मल्लले कर्मचारीलाई कोरोना देखिएको जानकारी पाएपछि सुरक्षाकर्मी खटाइएको र सतर्कता बढाइएको जानकारी दिए । नापी कार्यालयले कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी गराएको र कार्यालयलाई संक्रमणरहीत गर्न स्वास्थ्यकर्मी परिचालन गरिएको छ । सोमबार केही कर्मचारीलाई बिसन्चो भएको पाइएपछि परीक्षण गर्दा एकैपल्ट ९ जनामा संक्रमण पुष्टि भएको थियो । चिकित्सकको सल्लाहअनुसार कार्यालय खोलिने कोहारले बताए ।

प्रकाशित : पुस २९, २०७८ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?