कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कावासोती नापी कार्यालयका ९ कर्मचारीलाई कोरोना

नारायण शर्मा

पूर्व नवलपरासी — नापी कार्यालय कावासोतीका ९ जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि कार्यालय बन्द गरिएको छ । त्यहाँ कार्यरत १२ कर्मचारीमध्ये ९ जनालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

कावासोती नापी कार्यालयका ९ कर्मचारीलाई कोरोना

बिहीबार बिहान १० बजेबाट कार्यालय बन्द गरेर दुई कर्मचारीले कार्यालय कुरेका छन् ।

नापी अधिकृत भोला कोहारका अनुसार १२ कर्मचारीमध्ये एकैपटक ९ जनामा कारोना संक्रमण पुष्टि भएपछि कार्यालय सञ्चालन गर्न सक्ने अवस्थै रहेन । 'बन्द गरेर सर्तकर्ता अपनाएका छौं । बन्द नगरे सेवाग्राहीलाई सर्न सक्छ,' कोहारले भने, 'आज कोराना जँचाउन सबै कर्मचारीलाई जिल्ला अस्पताल डण्डा पठाइएको छ ।'

बिहीबार प्रहरी उपरीक्षक प्रकाश मल्लले कर्मचारीलाई कारोना देखिएको जानकारी पाएका कारण सुरक्षाकर्मी खटाइएको र सर्तकता बढाइएको उनले जानकारी दिए । नापी कार्यालयले कर्मचारीमा कोरोना पुष्टि भएको जानकारी गराएको र कार्यालय र परिसरमा सेनिटाइज गर्न स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

सोमबार केही कर्मचारीलाई सन्चो नभएको पाइएको थियो । परीक्षण गर्दा एकै पटक ९ जनामा संक्रमण पुष्टि भएपछि कार्यायलबाट सेवा दिन समस्या भएको छ । चिकित्सकको सल्लाह अनुसार कार्यलय खोलिने कोहारले बताए ।

प्रकाशित : पुस २९, २०७८ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?