कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

१६ महिने बालकको हत्या आरोपमा एक पक्राउ

लालप्रसाद शर्मा

पोखरा — स्याङ्जाको वालिङस्थित १६ महिने एक बालकको चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । बुधबारको उक्त घटनाका अभियुक्त पर्वतको पैंयू गाउँपालिका–५ का ३३ वर्षीय जितेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

वालिङ–१२ सिर्सेकोटको छाप घर भई वालिङ–१० भकुन्डे ठाडोलाइनमा बस्दैआएकी रनमाया गुरुङको छोरा साइमनको बुधबार हत्या भएको हो ।

प्रहरीका अनुसार दिउँसो १.२० बजे जितेन्द्रले चक्कु प्रहार गरेका थिए । घाँटीमा चक्कु प्रहारपछि गम्भीर घाइते बालकलाई उपचारका लागि वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएकोमा पौने २ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

‘हत्या आरोपमा जितेन्द्रलाई पक्राउ गरी अनुसन्धान थालेका छौं’ स्याङजा प्रहरी प्रमुख एसपी राजीवबहादुर बस्नेतले भने, ‘हत्याको कारण भने खुलेको छैन ।’ प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्त जितेन्द्र पनि रनमाया बस्ने घरमै डेरा लिएर बसेका थिए ।

चक्कु प्रहारबाट मृतक बालकका दिदी ५ वर्षकी साइना गुरुङ पनि घाइते भएकी छन् । उनको घाँटी र हातको औंलामा चोट लागेकोले प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : पुस २८, २०७८ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?