एमाले पर्वतको अध्यक्षमा राजु पौडेल


पर्वत — नेकपा एमाले पर्वतको नवौं जिल्ला अधिवेशनबाट राजु पौडेल निर्विरोध रुपमा अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा पदमपाणी शर्मा, सचिवमा गोविन्द पहाडी, उपसचिवमा विमल लामिछाने र शिव पौडेल चयन भएका छन् ।

पौडेल महाशिला गाउँपालिकाका अध्यक्ष पनि हुन् ।
९० सदस्यीय निर्वाचित जिल्ला कार्यसमितिका अन्य सदस्यहरुको समेत टुंगो लागेको एमाले निर्वाचन समितिले जनाएको छ ।
त्यस्तै, हरेक पालिकाका अध्यक्षहरु पदेन सदस्य र १० प्रतिशत मनोनित सदस्यको समेत टुंगो लगाइएको जिल्ला कार्यसमिति सदस्य ठाकुरप्रसाद आचार्यले बताए ।
प्रकाशित : पुस २६, २०७८ १७:५८