कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले म्याग्दी जिल्ला कमिटीको नेतृत्व चयनमा सकस

घनश्याम खड्का

म्याग्दी — नेकपा एमाले म्याग्दीको शुक्रबार सुरु भएको नवौं जिल्ला अधिवेशनको क्रममा नेतृत्व चयनमा सकस भएको छ ।

एमाले म्याग्दी जिल्ला कमिटीको नेतृत्व चयनमा सकस

जिल्ला अध्यक्ष हरीकृष्ण श्रेष्ठका अनुसार नवौं अधिवेशनबाट ९० सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्नेछ । जसमा कम्तीमा २८ जना महिला सुनिश्चित गरिएको छ । कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई सहसचिव रहेको पदाधिकारी र बाँकी सदस्य हुने छन् ।

यस्तै जिल्ला अध्यक्षमा साविकका उपाध्यक्ष देवेन्द्रबहादुर केसी, सचिव बालकृष्ण सुवेदी र सचिवालय सदस्य थमसरा पुनले दाबी गरेका छन् । सचिवमा प्रमोद श्रेष्ठ, सुरत केसी र राजकुमार थापा मगरबीच सहमति जुट्न सकेको छैन ।

अध्यक्ष र सचिवमा सहमति भए जिल्ला कमिटी सर्वसम्मत हुने अन्यथा निर्वाचनमा जानुपर्ने अवस्था रहेको एमाले म्याग्दीका एक नेताले बताएका छन् । ‘हामी सकेसम्म जेष्ठता, योग्यता र क्रियाशील समेतको मापण्डको आधारमा सर्वसम्मत नेतृत्व चयन गर्न प्रयासमा छौं । तैपनि सहमति जुटेको छैन’ एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापाले भने, ‘अध्यक्षमा सहमति भए अन्य पदमा सहमति जुटाउन सजिलो हुनेछ । तर अध्यक्ष र सचिवमा सहमति जुटाउन सकस भइरहेको छ ।’

यसैबीच शनिबारको बन्दसत्रमा अध्यक्ष हरीकृष्ण श्रेष्ठ र कोषाध्यक्ष प्रमोद श्रेष्ठको आर्थिक प्रतिवेदनलाई समूहगत छलफलपछि पारित गरिएको छ । यद्यपि नेतृत्व चयनका लागि नेताहरूबीच रस्साकस्सी हुँदैआएको छ ।

प्रकाशित : पुस २४, २०७८ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?