१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बेगखोलामा ‘डिजाइन एन्ड विल्ड’ मोडेलमा पुल निर्माण हुँदै

तीन वर्षका लागि बेलिब्रिज राखिने

म्याग्दी — कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरोला सडक खण्डको रघुगंगा–१ बेगखोलामाथि ‘डिजाइन एन्ड विल्ड’ मोडेलमा ७० मिटर लामो मोटर पुल बन्ने भएको छ । पुलदेखि दायाँबायाँ २–२ सय मिटर लिंक सडक हुनेछ ।

सडक विभाग पुल महाशाखाले ‘डिजाइन एन्ड विल्ड’ मोडेलमा पुल बनाउन बीक्वीई हिमालयन जेभीलाई भ्याटसहित ८ करोड ५० लाखमा ठेक्का दिएको छ । ६ वर्षअघि बाढीले बेगखोलामाथिको ब्रेलिब्रिज, झोलुङ्गे पुलसमेत १६ घर बगाएको थियो । त्यसयता बर्खायाममा बर्सेनि बेनी–जोमसोम सोझो यातायात अवरुद्ध हुने र पैदल यात्रु पनि अलपत्र पर्दै आएका छन् । ‘हामीले ३३ महिनाभित्र पुलको डिजाइन र निर्माण गर्ने गरी ठेक्का लिएका छौं, केही दिनमै निर्माण सुरु गर्छौं,’ बीक्वीई हिमालयन जेभिका प्रमुख आत्मराम सापकोटाले भने, ‘कालीगण्डकी र ठाडो गेग्रान ल्याउने खहरे खोलाको दोभान रहेकोले लोकेसन क्रिटिकल छ ।’

बेगखोलामा बर्खायाममा पनि यातायात सुचारु गर्न मोटरेबल पुल बनेपछि अलपत्र परेका तीनमध्ये एउटा बेलिब्रिज राख्न पहल भइरहेको जिल्ला समन्वय समिति म्याग्दीले जनाएको छ । बेगखोलामा झोलुङ्गे पनि निर्माण हुने भएको छ । सडक विभाग पुल महाशाखा पाल्पा सेक्टरले बेनी–जोमसोम–कोरोला सडकको तिप्ल्याङ–महभीर र पोखरे–तातोपानी जोड्ने कालीगण्डकी नदीमाथि पनि पुल निर्माण गरिसकेको छ ।

‘तीन वटा पिलर रहने गरी पुलको डिजाइन गरिरहेका छौं । पिलर कसरी राख्ने भन्ने समस्या हो । तालमेल नमिले डुबानको जोखिम बढ्छ,’ सापकोटाले भने । गण्डकी प्रदेश सरकारले वेगखोलामा झोलुङ्गे पुल पनि बनाउन ठेक्का दिएको छ ।

प्रकाशित : पुस १८, २०७८ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?