कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पन्छीपालकलाई बजार प्रतिकूल

पर्वत — वैदेशिक रोजगारी छोडेर सुवास नेपालीले कुस्माकै कटुवाचौपारीस्थीत चिन्नेखोलामा २० लाख लगानीमा लोकल कुखुरा र टर्कीको व्यावसायिक पालन थाले । 

स्थानीय बजारका साथै सहरमा समेत टर्की र लोकल कुखुराको राम्रो माग देखेर व्यवसायमा होमिएका नेपालीले यतिबेला बजार पाउन सकिरहेका छैनन् । ‘मैले प्रचार गर्न नसकेर हो या नजानेर हो, कुखुरा र टर्की बिक्री गर्न मुस्किल भयो,’ बिहीबार बिक्रीका लागि सदरमुकाम कुस्मा डुल्दै गरेका नेपालीले भने, ‘चितवनतिरबाट ल्याएर सस्तोमा बिक्री गर्दा रहेछन् । यहाँ त्यो रेटमा दिन सकिँदैन ।’

अहिले उनीसँग करिब १५ सय लोकल कुखुरा छन् । त्यस्तै डेढ सय टर्की बजारको अभावमा दाना खुवाएर खोरमै थुन्नुपरेको उनले दुखेसो सुनाए । सात महिनामा तयार हुने टर्कीको दानामा मात्रै करिब दुई हजार खर्च हुने भए पनि बिक्रीबाट लगानी पनि उठ्न मुस्किल भएको उनले बताए ।

प्रकाशित : पुस १०, २०७८ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?